binod-bhandari.com - "Supported by:"Fortran Computer System Pvt. Ltd.

हाम्रा केही कुराहरूः

यस वेबसाइट फर्ट्रान कम्प्युटर सिस्टम प्रा.लि.(304486526) र आरम्भ टेक्नाेलाेजी(607399343) द्वारा संयुक्त रूपमा सञ्चालित वेबसाइट हाे । बिशेष रूपमा यस वेबसाइट मार्फत कम्प्युटर हार्डवेयर तथा सफ्टवेयर सम्बन्धी बिबिध जानकारीमुलक बिषयबस्तुहरू एवम् बिभिन्न स–शुल्क सेवाहरू यस वेबसाइट प्रयाेगकर्ताहरूमाँझ प्रस्तुत गरिएकाे छ । यसै वेबसाइट मार्फत प्रयाेगकर्ताहरूलाइ बिभिन्न सेवाहरू उपलब्ध गराइएकाे छ । जुन निम्न प्रकारका छन्ः

  
    १. स–शुल्क नेपाली एवम् अंग्रेजी टाइप
    २. स–शुल्क अनलाइन कम्प्युटर तालिम
    ३. नि–शुल्क अनलाइन कम्प्युटर मर्मत सम्बन्धी परामर्श सेवा
    
हाम्रा कुनै पनि स–शुल्क सेवाहरूकाे बिल बिजकहरू उक्त सेवासँग सम्बन्धीत माथि उल्लेख गरिएका सम्बन्धीत संस्था मार्फत प्रदान गरिनेछ ।

यसका साथै हामी प्रयाेगकर्तालाइ केही उपयाेगी सामग्रीहरू पनि उपलब्ध गराएका छाै । जस्तैः नेपाली/अंग्रेजी मिति रूपान्तरण, दुरी एकाइ रूपान्तरण, क्षेत्रफल रूपान्तरण आदि । यसकाे उचित प्रयाेग गर्दै आवश्यक सुधारका लागि सुझावकाे पनि अपेक्षा गरेका छाै ।

हाम्रा शर्त तथा नियमहरू एवम गाेपनीयता नितीहरू

    शर्त तथा नियमहरूः
  1. यस पेजबाट अघि बढे पछि सेवाग्राही एवम् यस वेबसाइट प्रयाेगकर्ताले यस वेबसाइटका सबै शर्त तथा नियमहरू एवम् गाेपनीयता नितिहरू राम्राेसँग पढी बुझी आउनुभएको बुझिनेछ ।
  2. सेवाग्राहीले कुनै पनि सेवा प्राप्त गर्न चाहेमा आफ्ना सम्पूर्ण बिबरणहरू ठिक ठिक राखेर फारम भर्नुपर्ने हुन्छ । यदि कुनै बिबरण गलत भएमा आवश्यक सेवा छिट्टै प्राप्त नहुन सक्छ ।
  3. सेवाग्राहीहरू सम्बन्धीत कुनै पनि सेवाहरू गर्न हुने वा नहुने कुराकाे निर्णय यस वेबसाइट व्यवस्थापनकाे हुनेछ । त्यसकाे जानकारी सेवाग्राहीलाइ इमेलमार्फत गराइनेछ। तसर्थ इमेल, माेबाइल नम्बर एवम् अन्य व्यक्तिगत अथवा संस्थागत विवरणहरू सही राख्नुपर्दछ ।
  4. सेवाग्राहीहरूकाे प्रत्येक डिजिटल सामग्रीहरू सेवाग्राहीहरूकाे नै आफ्नो जिम्मेवारी अन्तर्गत रहने कुरा भएकाले कुनै किसीमका कानुनी झमेलाहरू आइपरेमा सेवाग्राही स्वयं जिम्मेवार हुने भएकाले यस वेबसाइट मार्फत प्रदान भएका कुनै पनि सेवाहरू वा यस वेबसाइट ब्यबस्थापनद्वारा पहिचान नभएका सेवाग्राहीका गलत कार्यहरू पनि सेवाग्राही आफ्नै जिम्मेवारी हो भनी स्वघाेषणा गर्नुपर्दछ ।
  5. टाइपिङ्ग सँग सम्बन्धीत सेवाहरूकाे हकमा भुक्तानी अग्रिम गर्नुपर्नेछ ।
  6. अनलाइन स–शुल्क कम्प्युटर तालिम लिदा १ दिन ट्रायल कक्षामा बस्न पाइनेछ । त्यसपछि काेर्शकाे रकम भुक्तानी गरेर मात्रै कक्षामा बस्न पाइनेछ । काेर्स समाप्त भए पछि मुल्यांकन सहित प्रमाणपत्र पनि प्रदान गरिनेछ ।
  7. यस्ता कुनै पनि काेर्सहरू गरिसकेका तर प्रमाणपत्र नभएका कुनै पनि व्यक्तिहरूलाई प्रमाणपत्र आवश्यक परेमा निश्चित मापदण्ड पुरा गरी प्रमाणपत्र प्रदान गर्न सकिनेछ ।
  8. कुनै पनि शीर्षकमा भुक्तानी भइसकेकाे रकम बिशेष र जायज कारण पेश गरेमा मात्रै फिर्ता हुनेछ । जसका लागि आवश्यक प्रमाण पेश गर्न पनि जरूरी हुनेछ ।
  9. कुनै पनि समस्या वा गुनासाे भएमा यस वेबसाइटमा रहेकाे सुझाव एवम् गुनासाे फारम भरेर पेश गर्नुपर्नेछ । त्यसलाइ बढीमा ७२ घण्टा भित्र सम्बाेधन गरिनेछ ।
    गाेपनीयता नितिहरूः
  1. सेवाग्राहीकाे कुनै पनि सामग्रीकाे गाेपनीयता हाम्रा लागि प्रमुख प्राथमिकता हाे ।
  2. सेवाग्राहीकाे कुनै पनि सामग्रीकाे गाेपनीयताका सेवाग्राहीका कुनै पनि बिवरणहरू सेवाग्राहीमा सेवा एवम् सुबिधाका लागि माेबाइल एवम् इमेल मार्फत सुसुचित गराउने हाम्राे आफ्नै प्रयाेजनमा बाहेक अन्य प्रयाेजनमा कही कतै उपयाेग हुने छैन । नियतबश काेही कसैले यस्ताे गरेकाे पाइएमा साे व्यक्ति अथवा उपर आवश्यक कानुनी उपचार खाेजिनेछ ।

म यी सेवाहरू लिन माथिका शर्त तथा नियमहरू पालना गर्न सहमत छु